गजल
बुध्दी छ की मल थाहा हुन्छ एक दिनको कतिले अब्बल थाहा हुन्छ एक दिन ||
गजलकार भन्दै भो तिमी फुर्ति नलाऊ
फजल की गजल थाहा हुन्छ एक दिन ||
नियालेर हेर्नुस सगरमाथा बाट आफै
को माथी को तल थाहा हुन्छ एक दिन ||
तिमि जल मेरो प्रगतिमा सधै भरी
किन् गिर्छ आचल थाहा हुन्छ एक दिन ||
कती चोर्छौ उर्दु गजलका शेर हरु
नक्कलको सकल थाहा हुन्छ एक दिन ||
© रबिन शर्मा चापागाईं 'सरदार'
जहदा -नवलपरासी
0 comments:
Post a Comment