गजल
पैसाको लोभमा परि धर्म बेच्छ मान्छे
आलु जस्तै जनावरको चर्म बेच्छ मान्छे ||
आफ़्नै नया अन्दाजले गरे के नै हुदैन र
आफ्नै बुद्दि गुमाएर कर्म बेच्छ मान्छे ||
चोट व्यथा समेटेर, गित गजल बनाई
कागजमा कलम जोती मर्म बेच्छ मान्छे ||
अश्लिल सिनेमा चल्छ यहाँ रातौ दिन
देखायर कामुक अंग शर्म बेच्छ मान्छे ||
यस्तै गरी युगले कोल्टे फेर्दै गयो भने
संस्कृति र ज्याला अर्म पर्म बेच्छ मान्छे
©रबिन शर्मा " सरदार "
जहदा -नवलपरासी
0 comments:
Post a Comment