गजल
कति दुख होला तिम्लाई, पोको पारी राख आमा
थैली पनि भरिएर ,फुस्क्यो होला टाँक आमा ||
थैली पनि भरिएर ,फुस्क्यो होला टाँक आमा ||
रुदा रुदा बर्षौ बित्यो , घर फर्किने इच्छा जाग्यो
तिम्रो सारै याद आयो , मलाई घर डाक आमा ||
तिम्रो सारै याद आयो , मलाई घर डाक आमा ||
साँझ बिहान खाना खान्छु, मुछेर यो आशुले नै
झल्को आउँछ सधैभरि, घरकै मिठो छाक आमा ||
झल्को आउँछ सधैभरि, घरकै मिठो छाक आमा ||
लडिरा’छन् जातिवादी, क्षेत्रवादी दाजुभाइ
छिट्टै छाओस् शान्ति भन्दै, देउराली भाक आमा ||
छिट्टै छाओस् शान्ति भन्दै, देउराली भाक आमा ||
अहिले हाम्रो घरबारी, आफन्तले लुट्या छन रे
पाल्छु भन्थे सधै तिम्लाई, गरे आज घात आमा ||
पाल्छु भन्थे सधै तिम्लाई, गरे आज घात आमा ||
फर्काउने छु घरबारी , खियाउँछु म दश नंग्रा
हिड्ने छैन प्रदेश अब, धेरै खाए लात आमा ||
हिड्ने छैन प्रदेश अब, धेरै खाए लात आमा ||
(नोट -एकअक्षेरि काफियामा)
रबिन शर्मा चापागाईं “सरदार”
जहदा – नवलपरासीहाल – बिरानो मुलुक
0 comments:
Post a Comment