गजल
कैले हुन्छ भन्दा भन्दै उडान यसै पाली भयो
त्यसैले त तिहारमा निधार नै खाली भयो ||
भनेकै'थे हिड्ने बेला अर्को साल आउला म
सोच्यौ दिदि आएन् भाई भाई पनि जाली भयो ||
मखमली सयपत्री लगाकि'थ्यौ आगनीमा
तिम्रो पिडा बुझे तिन्ले त्यसैले त डाली भयो ||
पहिलेको तिहारमा तिमि संगै थियो भाई
यो साल त तिम्रो भाई बिदेसिको माली भयो ||
भक्कानीदै रोए म नि दिदि तिमि सम्झी सधैँ
बिछोडको पिडाले नै मन टूट्य़ा फाली भयो ||
© रबिन शर्मा चापागाईं
जहदा -नवलपरासी
0 comments:
Post a Comment