"गजल"
कैलै पनि नसकिने मायाका ति बात हरुगर्दा निक्कै हुने गर्थे समस्याका खातहरु ||
पिडा पनि थियो मनमा , कहिँ कतै खुसि पनि
कैले रुदै कैले हास्दै यसै बिते रातहरु ||
प्रेम पत्र धेरै लेखे फोन गर्दा लाग्ने हैन
लेख्दा लेख्दै प्रेम पत्र थाकेका छन् हातहरु ||
चोखो अनि हाम्रो माया दुइ तर्फी थियो तर
समाजले भन्ने गर्थ्यो फरक् तिम्रा जातहरु ||
आधिहुरी आयो भने "रबिन"को जिन्दगीमा
न रहन्छ धर्ति अनि न हल्लिन्छ पातहरु ||
रबिन शर्मा चापागाईं " सरदार "
0 comments:
Post a Comment