ताजा अपडेट हरु
Loading...
Monday, November 4

गजल

गरिबका नै सन्तानहरु , हुन्छन खाडीमा
साँझ बिहान् आशुले मुख, धुन्छन खाडीमा ||

धन कमाई महल मैले ,ठड्याउछु भन्दै
यहि कुरा मनमा सबैले बुन्छन खाडीमा ||

बाध्यता झैँ बनेको छ जानु ,पर्ने कमाउन
घर परिवार राष्ट्र सम्झी रुन्छन खाडीमा ||

कति बसे दुख गर्दै कति भए अबैधानिक्
कोहिले जिबन कोहि मृत्यु चुन्छन खाडीमा ||

आकाश नै छुन हिड्नेहरु ,लाखौ छन तर
अंगालेर धर्तीलाई जुन , छुन्छन खाडीमा ||

© रबिन शर्मा चापागाईं " सरदार "
जहदा - नवलपरासी
समय २०:५०
२०७०-०५-१३-बिहिबार
 

0 comments:

Post a Comment