ताजा अपडेट हरु
Loading...
Monday, November 4

"गजल"

शरीरमा हौसला, अनि साहास बाकी छ
छुनको लागि अझै, सिंगो आकाश बाकी छ ||

ए मेरा भन्नेहरु ,लुट अझ कति लुट्छौ 
गोजीमा अझै पनि , सय पचास बाकी छ ||



भन्छन सबै आज ,पुग्दैनस त लक्ष्यमा
पुग्नको लागि मेरो , हर प्रयास बाकी छ ||

इलम सिकी देशमा, केहि गर्न नसकेनि
हाम्रो श्रम बेच्न त , सिङ्गै प्रबाश बाकी छ ||

मलामी हिडि सके ,पहिले नै घर बाट
तुलसीको मठमा ,कात्रो र लाश बाकी छ ||

रबिन शर्मा चापागाईं "सरदार"
जहदा - नवलपरासी

0 comments:

Post a Comment