ताजा अपडेट हरु
Loading...
Monday, November 4

~~~~~~~गजल~~~~~~~~~~


रुदै होलिन् मेरी प्यारी गाउ बेसीको मेलैमा
मेरो पनि बेहालै छ परदेशको जेलैमा || 

सजाय नि दिन्छ भन्छन् यमदुत्ले नर्कमा झैँ
देह भरि कोर्रा हान्दै हाल्छ रे तातो तेलैमा ||

हेर मेरो ठेगान छैन , मर्छु कि या बाच्छु भनी
बाचे भने फर्किने छु गोरखपुरको रेलैमा

मेरो मनको टुक्रा तिमि नतर्नु है आधिखोला
चिप्लीएर गोडा तिम्रो जाला साउने भेलैमा ||

परदेशी भैयो सानु गरिबी कै कारणले
छाती पिट्दै रुन्छु सधै चाडपर्वको बेलैमा ||

© रबिन शर्मा चापागाईं "सरदार"
जहदा - नवलपरासी
हाल - उही बिरानो मुलुक
 

0 comments:

Post a Comment