ताजा अपडेट हरु
Loading...
Monday, November 4

गजलहरु,


हान सके जति भन्छ दुख्दैन गोर्खाली हो उ
घुडा टेकी शत्रु अघि झुक्दैन गोर्खाली हो उ ||

जति बाधा आए पनि अघि बढ्छ सधै भरि 
लक्ष्य तोकी बिचमा कैलै रुक्दैन गोर्खाली हो उ ||

खुकुरी र गुलेलि कै भरमा जित्यो सयौ युद्ध
अझै पनि निसानामा चुक्दैन गोर्खाली हो उ ||

तोप् र गोला वर्षायरै सिध्याँउला भन्ने नसोच्
युद्ध जित्ने हाम्रो बिश्वाश टुट्दैन गोर्खाली हो उ ||

काट तैले कति सक्छस् अझै पनि उस्को देह
जति रगत बगेपनि सुक्दैन गोर्खाली हो उ ||


© सर्बाधिकार रबिन शर्मा चापागाईंमा सुर्क्षित
जहदा - नवलपरासी
हाल - उही बिरानो मुलुक
 

0 comments:

Post a Comment