ताजा अपडेट हरु
Loading...
Sunday, November 3

गजल

कैले निको हुन्छ यो मन ?
राष्ट्र सम्झी रुन्छ यो मन ||

हौ रे हामी खाडीका दासी
यै कुराले छुन्छ यो मन ||

घात, पिडा सहे'नि सधैँ
सबै कुरा सुन्छ यो मन ||

घर जब सम्झेको हुन्छु
ताना-बाना बुन्छ यो मन ||

हौसला नै नपाए पनि
आफै लक्ष्य चुन्छ यो मन ||

अचम्म छु , यै कुराले म
आशुले नै धुन्छ यो मन

© रबिन शर्मा चापागाई
जहदा - नवलपरासी

0 comments:

Post a Comment