ताजा अपडेट हरु
Loading...
Sunday, November 3

गजल

दुनियालाई खसी भनि ढाँटेर खायो ,
हो महाशय उस्ले गाई काटेर खायो ||१

हाम्रा पुर्खाको सबै निसानीहरु उस्ले
कौडीको भाउमा नै आज साटेर खायो ||२

हिजो टिस्टा,काँगडा र कालापानी बेची 
फेरी'नि टनकपुर र सुस्ता आँटेर खायो ||३

बिचरा त्यो सडकको बालक भोकै रहेछ
धुलोको पाउरोटी उस्ले झांटेर खायो ||४

धेरै चिन्तित छु म , यो कारणले आज
दुश्मनले देश दाजु भाई फाटेर खायो ||५

© रबिन शर्मा चापागाईं 'सरदार'
जहदा - नवलपरासी
२०७०-०६-३०

0 comments:

Post a Comment