ताजा अपडेट हरु
Loading...
Sunday, November 3

गजल



तिम्रो घरको छेउ डेरा ,सर्ने मन छ मेरो 
तिम्रा हरेक अङ्गअङ्ग, चर्ने मन छ मेरो 

समाजले खोज्दै छ रे, तिम्रो मेरो नाता
तिमिसँग छिट्टै बिहे, गर्ने मन छ मेरो 

सजाएर चौबन्दीमा, तिम्रो सुन्दर शरीर 
सिन्दुर् हाली त्यो सिउदो, भर्ने मन छ मेरो 

फकाउँदा नमानेमा, रावण बन्छु म त
सीता मानी तिमीलाई, हर्ने मन छ मेरो

बाचा गर कहीं कतै ,छोडी जाने छैन
तिमिसँगै जिउने अनि, मर्ने मन छ मेरो

© रबिन शर्मा चापागाईं 'सरदार'

0 comments:

Post a Comment