गजल
हलो बेचेर कोदालो बेचेरधनि भयो उ बिरालो बेचेर
ब्यापारी सबै लखपति भए
दुई बित्ताको त्यो टालो बेचेर
दलाल पनि फरार भो हिजै
बिदेशमा गाउको गोठालो बेचेर
छि: के सोचेको त्यस्तो नहुने नि
सहर छिर्ने रे सालो बेचेर
उ सच्चा नेता बन्छु भन्छ अब
टिकट पाउने नै पालो वेचेर
पक्राउ गर्यो सेनाले उस्लाई
सबै सामान नै कालो बेचेर
© रबिन शर्मा चापागाईं "सरदार"
0 comments:
Post a Comment