केहि हाइकुहरु
१
सलैको काँटी
महिलाको इज्जत
कोर्यो सक्कियो
२
नपुग्ने रैछ
नुन् नखाई अरुको
नेपाली लाई
३
संबिधान् सभा
जनता सधै जील्लै
नेता मालामाल्
४
भुक्ने कुकुर
गाउमा पूगेछन्
जन्ता त्रासमा
निन्द्रा नलाग्ने
कुरा नकाटी कन
नेपाली बानी
© रबिन शर्मा चापागाईं
0 comments:
Post a Comment