ताजा अपडेट हरु
Loading...
Monday, November 4

~~~~~~~~गजल~~~~~~~~~


पहिले बन्दुक बोकेर छापामार भयो उ
अहिले समाचार लेखेर पत्रकार भयो उ ||

यसरि तह बढ्दो रैछ , नेपालमा आजभोली 
सिपाही थ्यो घुस दिई , हवल्दार भयो उ ||

पैसाको लागि मान्छेहरु ,निकै गिर्दो रैछन्
हत्यारा भा साबित गरि गिरफ्तार भयो उ ||

ठुलो भै देशको सेवा गर्छ भन्थिन सधै आमा
आखिरीमा देशको लागि नै हतियार भयो उ ||

©रबिन शर्मा चापागाईं."सरदार"
जहदा - नवलपरासी
 

0 comments:

Post a Comment