"गजल"
उस्को अकुत सम्पति सदर भा'को देखेंबिरुद्दमा पर्या मुद्दा बदर भा'को देखें ||
जेलबाट छुट्दा खेरि माला टिका लगाई
उस्ले बोल्या हर बोलि कदर भा'को देखें ||
भ्रस्टचार उन्मुलन पार्छु मैले भन्दै आज
आफै बोक्सी आफै बाबा मदर भा'को देखें ||
हिजो सम्म साधारण नै मान्छे थियो तर
आज उस्को शरिर भरि खद्दर भा'को देखें ||
© रबिन शर्मा चापागाईं " सरदार"
जहदा - नवलपरासी
हाल - बिरानो मुलुक
0 comments:
Post a Comment