ताजा अपडेट हरु
Loading...
Monday, November 4

गजल ( गाइजात्रा बिशेष)


पल्लो घरे ठुलेले त; विदेश पाइला चालेछ रे
विमानमा चढेपछि जनै पनि फालेछ रे ||

लगाउदा आफ्नै पोशाक्, आहा ! कति सुहाउथ्यो 
नया जिन्स पेन्ट किनी ;आफै च्यात्दै टालेछ रे ||

चुल्ठे , मुन्द्रे ,डाका सबै उस्का मित्र भएपछि
सुनको औठी लगाउथ्यो ; मुन्द्रा बनाई गालेछ रे !!

आज गाउमा खसी काट्छन्; मासु खाऊ भन्दा खेरि
कसम ! मासू खान्न भन्थ्यो ;बुढी भैसी ढालेछ रे ||


नेपालि हु भन्ने कुरो, बिर्से जस्तो गर्यो हिजो
बुझ्दिन् भन्छ नेपाली उ ;अंग्रेजी बोल्न थालेछ रे ||

© रबिन शर्मा चापागाईं " सरदार "
जहदा - नवलपरासी
हाल - उही बिरानो मुलुक
 

0 comments:

Post a Comment