ताजा अपडेट हरु
Loading...
Sunday, November 3

गजल


सुस्त सुस्त मेरो सुस्ता हराउँदै छ हेर्नुस
मध्यरातमा धूर्त स्याल कराउँदै छ हेर्नुस ||

कैले होलिन नेपाल आमा शोषणबाट मुक्त
चेलीमाथि गिद्दे दृष्टि चराउँदै छ हेर्नुस ||

कहाँ जाऊँ हामी अब आफ्नो भूमि छाडी
तराईलाई भारत आफ्नो गराउँदै छ हेर्नुस ||

भोलि उठ्दा भारतीय हुन्छु जस्तो लाग्छ
किन किन मेरो मन नि , डराउँदै छ हेर्नुस ||

© रबिन शर्मा चापागाईं “सरदार”
जहदा – नवलपरासी

0 comments:

Post a Comment