"गजल"
उनान्सय 'गुण्डा' थिए एक थप्यो सय भयोआज बाट गाउँ गल्ली हिड्न पनि भय भयो ||
'सर्बहारा' बर्गलाई मुक्ति दिन्छु भन्दै हिड्थ्यो ,
आँखा रैछ 'सत्ता' माथी र त लक्ष तय भयो ||
सत्र हजार योद्दा मरे स्वार्थ लुक्या त्यो युद्दमा
'लासलाई' सिढी बनाई हिड्दा उसको जय भयो ||
हस्ताक्षर गरि दियो ,असमान थे 'सन्धिहरु' ,
त्यसैले त छिमेकिको उ नै महोदय भयो ||
चार बर्ष झुलाएर , बनाएन , संबिधान'
उस्ले गर्दा 'बिकाशको' सुर ताल न लय भयो ||
©रबिन शर्मा चापागाईं 'सरदार'
जहदा -नवलपरासी
हाल -बिरानो मुलुक
0 comments:
Post a Comment