ताजा अपडेट हरु
Loading...
Monday, November 4

~~~~~~गजल~~~~~~

हिजो दुख्थ्यो कालापानी आज सुस्ता दुख्यो
तोडी नाका जबर्जस्ती भित्र घुस्दा दुख्यो || 

निको हुन्छ पक्कै पनि काट्या घाउ भए
बग्या रगत तनतनी उस्ले चुस्दा दुख्यो ||

हान्यो गोलि थापे छाती केहि भएन् तर
मेरै अघि आमाका ति लाम्टा लुछ्दा दुख्यो || 

हतपत्ति नदुख्ने त्यो भगवान्को मन
पिडा लुकाई नेपालीले आशु पुछ्दा दुख्यो || 

4+4+4+2 "सवाई छन्द"

रबिन शर्मा चापागाई " सरदार "ं
जहदा -नवलपरासी
हाल - बिरानो मुलुक

0 comments:

Post a Comment