गजल
संगीत फरक ढोल,एउटै छ नेताकोशरीर फरक खोल, एउटै छ नेताको ||
हुँदैन है चुनाब ,बन्दैन संबिधान
भाषण फरक बोल, एउटै छ नेताको ||
कमाएको देखिन्छ, भ्रष्टाचार गरेरै
महल फरक टोल, एउटै छ नेताको ||
बिकेकै छन् हेर्नुस त, भेंडा र बाख्रा झैं
सरकार फरक मोल, एउटै छ नेताको ||
चाहिन्छ रे तिन्लाई,बिदेशी रक्सी नै
स्तर फरक झोल , एउटै छ नेताको ||
© रबिन शर्मा चापागाईं “सरदार”
जहदा -नवलपरासी
0 comments:
Post a Comment