~~~~~~~~गजल~~~~~~~~
दुश्मनको नै छाती चिरी लड्छु अब म ,कम्मरमा खुकुरी भिरी लड्छु अब म ||
भारतले नेपालको नै सिमा मिच्न छोड्या छैन्
यु.पी बिहार घुमी फिरी लड्छु अब म ||
हानोस् गोलि छातीमा नै थाप्न तयार छु
तिनीहरुको किल्ला छिरी लड्छु अब म ||
युद्दको ध्वनीहरु शंख अनि बासुरि नै
बजाउछु र तिरी रीरि लड्छु अब म ||
नेपालको ती चिनारी हाम्रो भन्न नछोडे
उही पालोको पैचो तिरी लड्छु अब म ||
बैकल्पिक शेर :-
बचाउन् बुद्द अनी हाम्रो शिर सगरमाथा
दुश्मन भन्दा तल गिरि लड्छु अब म ||
© रबिन शर्मा चापागाईं "सरदार"
जहदा - नवलपरासी
0 comments:
Post a Comment