गजल
अँध्यारो हराउने छ र उज्यालो आउने छ
एक दिन नेपालीको हातेमालो आउने छ ||१
गुनियो पटुकी चोली लोप हुन्छ त्यति बेला
जब उन्को शरीरमा बित्ते टालो आउने छ ||२
सरकारले यो बर्ष मल नदिने निर्णय गर्यो
भोलि सडकमा कुटो र कोदालो आउने छ ||३
दिनानुदिन तस्करी बढ्दै छ रे जंगलमा
बाघ हराएर त्यहाँ नि बिरालो आउने छ ||४
जब फर्किन्छन युवा , देशमा केहि गर्छु भन्दै
अनि बल्ल घरघरमा डोको डालो आउने छ ||५
नहेप दुनिया 'रबिन' एक्लो गरिब छ भन्दै
गरिबको पनि कुनै दिन पालो आउनेछ ||६
© रबिन शर्मा चापागाईं 'सरदार'
जहदा - नवलपरासी
0 comments:
Post a Comment