ताजा अपडेट हरु
Loading...
Monday, November 4

~~~~~गजल~~~~~~~

खुशीको कुनै उमङ्ग भएन 
त्यसैले जन्ता उ सङ्ग भएन ||

तेर्स्याउन त तेर्स्यायौ बन्दुक !
भिज्यो बारुद र डङ्ग भएन !!

गरिब जन्ता मास्न पो रहेछ
युद्दको कुनै'नी रङ्ग भएन ||

हातैमा थियो सत्ता पनि तर
बिकाशको लागी त जङ्ग भएन ||

चुनाब भयो संबिधान लेख्न
परन्तु लेख्ने नै ढङ्ग भएन ||

लाखौ कोशिश गर्यौ तर पनि
उस्को तपस्या नै भङ्ग भएन ||

फेरी चुनाब हुन्छ भन्छन् कोहि
चुनाबले जनता नी दङ्ग भएन ||

© रबिन शर्मा चापागाईं "सरदार"
जहदा - नवलपरासी
हाल - बिरानो मुलुक

0 comments:

Post a Comment