गजल
त्यो औठा छापको नै सर्कार कसरी भो ?
बिकाशमा सधै भ्रस्टचार कसरि भो ?
नेताहरुलाई मेरो मात्र एउटै प्रश्न
मेरो देश माथी बलात्कार कसरी भो ??
हिजो सम्म खाली खुट्टा हिडेका'थे तिनी
आज अरबौको घरबार कसरि भो ??
पढ्न अल्छि लाग्यो होला दिल्ली मुम्बै पुग्यो
आज त्यो चर्चित गजलकार कसरि भो ??
मेरा सन्तानले भोलि पक्कै भन्छन् ओहो!
नेपाल बिनाको यो संसार कसरि भो ??
© रबिन शर्मा चापागाईं 'सरदार'
जहदा -नवलपरासी
0 comments:
Post a Comment