ताजा अपडेट हरु
Loading...
Sunday, November 3

गजल



सुख हुन्छ परदेशमा पैसै पैसा फल्छ भन्छन् ,
गाई गोठ ढले सरि सारा दुख ढल्छ भन्छन् ||

छोरो मान्छे घरै बसे दुनियाले कुरा काट्छ
तैले श्रम बेचिस भने घरको चुल्हो बल्छ भन्छन् ||

खियाएर दश नंग्रा बिरानो त्यो मुलुकमा
कमाएमा धन तैले दाजु भाई जल्छ भन्छन् ||

कहिल्यै नि आफन्तको भर नपर्नु है छोरा
भन्थे मेरा बुढा बाले आफ़्नाले नै छल्छ भन्छन् ||

पाइन्न रे भोक लाग्यो बिरामी छु भन्न आमा
प्रबासका दिनहरु दुख संगै चल्छ भन्छन् ||

©रबिन शर्मा चापागाईं "सरदार"
जहदा - नवलपरासी
हाल - बिरानो मुलुक
 —

0 comments:

Post a Comment