ताजा अपडेट हरु
Loading...
Monday, November 4

~~~~~~~~~गजल~~~~~~~~~~





अब केल्ले खेत जोत्ने हलो लुटीए पछि


कहाँ चुटुँ धान र गहुँ खलो लुटिएपछि ? 

बेघर् भा'छु आज फेरि आफ्नै देशमा पनि
सिमानामा भा'को घरको बलो लुटीए पछि ||

प्रदेशियो भन्छौ होला धन कमाउन् भनि
बाध्य भई हिड्या छु म् जन्म थलो लुटिए पछि ||


रेडियोमा हिजो सम्म मैले गित गाएको थे
गाउन छाडे सराबले गलो लुटिए पछि ||

सोच्या थे'न यति सम्म गिर्छन मान्छेहरु
बाध्य भए सोच्न आज कलो लुटिए पछि ||

© रबिन शर्मा चापागाईं
जहदा - नवलपरासी
हाल - उही बिरानो मुलुक
 

0 comments:

Post a Comment