ताजा अपडेट हरु
Loading...
Monday, November 4

गजल

घुम्दै फिर्दै फेरी म आए कृतिपुरमा
एक विडा पान चपाए कृतिपुरमा ||

देखे जब उन्को डेरा भा'को घर मैले
अनि दिन दिनै पो धाए कृतिपुरमा ||

पागल प्रेमी नै भा'थे त्यो बेला म पनि
प्रेम पत्र लेखि पठाए कृितिपुरमा ||

कामुक अंगले मोहनी लगाई उस्ले
आखा सधै उतै घुमाए कृतिपुरमा ||

हुन त मन नि कोमल रैछ मोरीको
आखिर् उसैलाई पट्याय कृतिपुरमा ||

© रबिन शर्मा चापागाईं " सरदार"
जहदा - नवलपरासी
हाल - उही बिरानो मुलुक
 

0 comments:

Post a Comment