ताजा अपडेट हरु
Loading...
Monday, November 4

~~~~~~~~गजल~~~~~~~~~

भएन रे म युवा असि नपुगेर
लेखेनन् संबिधान मसि नपुगेर ||

जेलबाट हत्यारा फरार भो आजै
कैदिलाई बान्ने नै रसि नपुगेर ||

चल्दैछन् नयाँ चाल अब नेता हरु
जनतालाई हरसाल डसी नपुगेर ||

जितेमा चुनाब भोज हुन्छ भन्दैछन
नलिनु अब चिन्ता खसी नपुगेर ||

प्रहरी दाजु अझै छाडा बोल्छन् रे
एक्ली चेली भा'को घर पसी नपुगेर ||

© रबिन शर्मा चापागाईं " सरदार"
जहदा - नवलपरासी
हाल - उही बिरानो मुलुक

0 comments:

Post a Comment