ताजा अपडेट हरु
Loading...
Monday, November 4

~~~~~~~~गजल~~~~~~~~~~

जात जातमा फेरी आज द्वन्द चर्कियो रे ,
युद्द गर्न विदेशबाट छोरो फर्कियो रे ||

थकाई लागी होला पक्कै चौतारीमा बस्यो
एक मुर्ख आई त्यहा पानी छर्कीयो रे ||

प्यास लागी बिचरा उ पधेरोमा पुग्यो
त्यहा पनि उ नै देखि गाउँ तर्कियो रे ||

बिबस्ताले आत्मा उस्को जलेकै थ्यो होला
आखाँबाट मोति जस्तै आशु दर्कियो रे ||

घर पुगी झोला फाली सिंहदरबार गयो
कठै ! उस्को पिडा सुनी सरकार झर्कियो रे |


रबिन शर्मा चापागाई " सरदार "
जहदा - नवलपरासी
हाल - उही बिरानो मुलुक 

0 comments:

Post a Comment