~~~~~~~~गजल~~~~~~~~~
हो नेता ज्यु पारी पट्टि एउटा गाउँ छजाउ भोट माग्न निकै विकट ठाउँ छ ||
भन्िदिनुस तेरो छोरा खोजौला जितेमा
बेपत्ता भएको नै सन्तानको बाउ छ ||
मौकाको फाइदा उठाउनु होला छिट्टै
गाउँमा अझै नि युद्दको झैँ घाउ छ ||
नलिनु है चिन्ता जन्ताले भोट हाल्छन
गाउमा नै जन्ता लुट्ने सामन्ति साउ छ ||
हजुरका फगत कुरा सुन्दैन "रबिन"ले
चुनाब जिती जन्ता मार्ने हजुरको दाउ छ |
© रबिन शर्मा चापागाईं "सरदार"
जहदा - नवलपरासी
हाल - उही बिरानो मुलुक
0 comments:
Post a Comment