गजल
चुनाबमा सेना झार्न सरकार तातेको छ ,सेनाले नै जन्ता मार्न सरकार तातेको छ ||
सुस्ता,टिस्टा कागडा र मेची,काली बेच्दै
उसैलाई आफ्नो पार्न सरकार तातेको छ ||
तराई सबै भारतलाई लुटाउने भन्दै
डाँकालाई नदि तार्न सरकार तातेको छ ||
चीनले फेरी हस्तक्षेप गर्ने डरले होला
चीनका सबै नाका बार्न सरकार तातेको छ ||
तिमि नै हौ पिता अनि तिमि माता भन्दै
राजधानी नै दिल्ली सार्न सरकार तातेको छ ||
© रबिन शर्मा चापागाईं " सरदार"
जहदा - नवलपरासी
0 comments:
Post a Comment