गजल
तिम्रो घरमा जन्तीहरु खुशी मान्दै नाच्दै थिए ,
मेरो घरमा मलामीले फुलको माला गास्दै थिए । १
पराइको घुम्टो तिम्ले ओढी बस्दा मण्डपमा
मलाई त दाजु भाइले चिता माथि राख्दै थिए ।२
पक्कै पनि नयाँ रातको मजामा'थ्यौ होला तिमि
क्रिया पुत्री बस्ने भन्दै यहाँ पिढी बार्दै थिए ।३
पराईको घरमा तिम्ले खुसि छर्दै बस्या बेला
मेरा बुढा बा ,आमाले मेरो कमि मान्दै थिए ।४
उता तिर तिम्रो ईमान , निकै माथि पुग्दा खेरी
यता भने छिमेकीले मेरा कुरा काट्दै थिए । ५
© रबिन शर्मा चापागाईं 'सरदार'
जहदा - नवलपरासी
—

0 comments:
Post a Comment