ताजा अपडेट हरु
Loading...
Sunday, November 3

गजल

साच्चै उ नै बहादुर थियो
युद्द गर्न उ आतुर थियो ||

खुकुरी कै भरमा युद्द जित्ने
पक्कै पनि उसको सुर थियो ||

आउ सिक तिमि पनि भन्थ्यो
उस्को आट नै प्रचुर थियो ||

सयौ संग एक्लै लड्थ्यो सधै
जित्ने विश्वास भरपुर थियो ||

हार्नु पर्छ तैले युद्द भन्थे
दबाबले उ मजबुर थियो ||

गोर्खाली नै थियो तर पनि
भारतको उ मजदुर थियो ||

रबिन शर्मा ” सरदार “
जहदा – सात , नवलपरासी

0 comments:

Post a Comment