गजल
बन्दुक देखाएर डर र त्राश देखाएरलुट्दै छ देश सहिदका ति लाश देखाएर||
चुनाब जित्छु भन्छन हाम्रा यी नेताहरु
जन्ता फकाएर सय पचास देखाएर
ति ड़ेकेन्द्रलाई पनि माटो मै पुरेछन
तिमि पुग्छौ त्यहाँ भनि आकाश देखाएर ||
त्यो दलाली पनि आज करोडपति भयो
देशका युवालाई सधै प्रबाश देखाएर ||
'हुके चिल' आजकल , घुम्दैछ आकाशमा
गरिबको लागि लड्ने नै आश देखाएर ||
0 comments:
Post a Comment