ताजा अपडेट हरु
Loading...
Monday, November 4

""""""""""गजल""'""'''"''''

गजल नै लेख्दैमा सबै लली हुदैन
देश कै लागी मर्छ मान्छे बलि हुदैन ||

मान्छेले नै मान्छे बेच्न थाले अचेल
भन्थे बाले पाप बिना कलि हुदैन ||

सुस्तामा गएर बचाऊ आफ्नो गाउ
ओछ्यानमा सधै भरि ढली हुदैन ||

सरकार र सदन बाटै हुन्छ भ्र्स्रचार
नेता नै हुन्छन सबै त्यहाँ हली हुदैन ||

बिज्ञानले फेरी आज नया खोज गर्यो
भन्छ झुसिल्किरा नै पुतली हुदैन ||

दश नंग्रा खियाउ आजबाटै तिमि´नि
"रबिन"को प्रगति देखि जली हुदैन ||

© रबिन शर्मा चापागाईं "सरदार"

0 comments:

Post a Comment