ताजा अपडेट हरु
Loading...
Sunday, November 3

गजल (दशैं तिहार बिशेष)

दशैं आयो भन्दा घरमा मेरो मुटु चर्किने छ,
सम्झिदामा रातो टिका आशुँ भेल दर्किने छ||

आमा सधै वुवा संग यौटै प्रश्न गर्छिन् अरे
मेरो मुटु , कान्छो छोरा कैले घर फर्किने छ ||

यो दशैंमा यस्तै भयो अर्को साल आउछु आमा
तिम्रा सबै दुख हरु आफै आफै तर्किने छ ||

आज सबै आफन्तले तिमीलाई हेला गर्या छन् रे
धन कमाई फर्केपछि सबले फुल छर्किने छ ||

नभन्नु है दिदिलाई यो तिहारमा आएन भाई
फेरी निधार खाली हुदा दिदि पनि झर्किने छ ||

© रबिन शर्मा चापागाईं 'सरदार'
जहदा- नवलपरासी
२०७०-०६-१२ ( दशैं तिहार बिशेष)

0 comments:

Post a Comment