ताजा अपडेट हरु
Loading...
Sunday, November 3

गजल


झुटो कुरा कति गर्छौ तिमीहरु नेता
भोट माग्न कैले झर्छौ तिमीहरु नेता ||

भाषणमा मात्र पुल वनाका थ्यौ होइन्
कसो गरि खोला तर्छौ तिमि हरु नेता ||

सम्पति त अकुत नै कमाएका छौ रे 
विदेश तिर कहिले सर्छौ तिमिहरु नेता ||

तिमि नै हो पिता हाम्रो तिमि दाता भन्दै
दिल्लीको नै शरण पर्छौ तिमिहरु नेता

चुनाबको लहर छ है देशमा आज भोलि
भोटका लागी किन मर्छौ तिमीहरु नेता ||

भ्रस्टचारी घोषित भै चिसो हावा खादा
कहाँ बाट पैसा भर्छौ तिमिहरु नेता ||

© रबिन शर्मा चापागाईं "सरदार''
जहदा - नवलपरासी

0 comments:

Post a Comment