A ghazal by rabin sharma chapagain
यो बिरानो ठाउँमा नि हेर्दो रैछन् जात आमा
साथी भन्दा टाढा बसी खाने गर्छु भात आमा ||
हाम्ले फूल चढाउँदा अशुद्ध भो मन्दिरमा
शुद्ध हुन्छ तिनीहरुले चढाउँदा पात आमा ||
दुख्ने गर्छ जब माटो अनि दुख्छ छाती मेरो
आशु पुछ्दै सिरानीले बिते कैयौ रात आमा ||
नयाँ नेपाल बन्ने आशमा मेरा बाबा सहिद भए
छुवाछुत हुन्न भन्थे , गरे आज घात आमा ||
अब आफ्नै देशमा फर्की, खियाउँछु म दश नंग्रा
हिड्ने छैन विदेश अब, धेरै खाएँ लात आमा ||
-रबिन शर्मा चापागाईं
- जहदा - नवलपरासी
बुधबार ,१७.०९.२०७०
Posted via Blogaway
0 comments:
Post a Comment