गजल,
जित्दा जित्दै हार्नु पर्ने भए पछि धेरै रोएँआफ्ना इच्छा मार्नु पर्ने भए पछि धेरै रोएँ ||

नियतिले चुट्नु सम्म चुट्यो एक्लो देखि सधैँ
फक्रेको फूल् झार्नु पर्ने भए पछि धेरै रोएँ ||
कति गाह्रो बनाउन जुन चिज आफ्नो हुन्न
आफ्नै जालमा पार्नु पर्ने भए पछि धेरै रोएँ ||
अस्ति सम्म मेरी प्रिय भन्ने गर्थे मैले पनी
उन्कै बोली बार्नु पर्ने भए पछि धेरै रोएँ ||
पागल झैँ भा'छ 'रबिन्' उन्ले माया मारे पछि
माया अन्तै सार्नु पर्ने भए पछि धेरै रोएँ ||
रबिन शर्मा चापागाई
जहदा - नवलपरासी
0 comments:
Post a Comment