गजल
बोका चढायो अनि गाई चढायोदेशको नाममा उस्ले भाई चढायो ||
फेदबाट काट्ने सुर गरेरै होला
उ तलै बसी रुख मलाई चढायो ||
जनजातीलाई टिकट दिने भन्दै
अरु छोडेर नै दमाई चढायो ||
हाम्रो अस्तित्व मेटिदै जान्छ भनि
हिन्दु बिरुद्द नै इसाई चढायो ||
कम्युनिष्ट हुँ , भन्थ्यो राष्ट्र बेच्दिन
भारत सामु नै उ तराई चढायो ||
© रबिन शर्मा चापागाईं
जहदा - नवलपरासी
२०७०/०६/२१
0 comments:
Post a Comment