ताजा अपडेट हरु
Loading...
Monday, November 4

~~~~~~~गजल~~~~~~~


आज फेरी झुप्रो घरले परदेश पुर्यायो |
छानोको त्यो कुह्या खरले परदेश पुर्यायो ||

ठड्याएको थिए महल सपनिमा मैले'नि
धन कमाउने रहरले परदेश पुर्यायो ||

साथी भाइले निक्कै पैसा कमाई फर्केका थे ,
त्यहि देखि बाउको करले परदेश पुर्यायो ||

पुर्पुरोमा ऋणको पनि भार धेरै भएकोले
साहुले बारी खाने डरले परदेश पुर्यायो ||

बिना ब्याज लिएको ऋण ब्याज हिसाब गर्दा
फेरी आफन्त कै भरले परदेश पुर्यायो ||

© रबिन शर्मा चापागाईं " सरदार"
जहदा -नवलपरासी
 

0 comments:

Post a Comment