~~~~~~~~गजल~~~~~~~~~
भएन रे म युवा असि नपुगेरलेखेनन् संबिधान मसि नपुगेर ||
जेलबाट हत्यारा फरार भो आजै
कैदिलाई बान्ने नै रसि नपुगेर ||
चल्दैछन् नयाँ चाल अब नेता हरु
जनतालाई हरसाल डसी नपुगेर ||
जितेमा चुनाब भोज हुन्छ भन्दैछन
नलिनु अब चिन्ता खसी नपुगेर ||
प्रहरी दाजु अझै छाडा बोल्छन् रे
एक्ली चेली भा'को घर पसी नपुगेर ||
© रबिन शर्मा चापागाईं " सरदार"
जहदा - नवलपरासी
हाल - उही बिरानो मुलुक
0 comments:
Post a Comment