ताजा अपडेट हरु
Loading...
Sunday, November 3

गजल

बोका चढायो अनि गाई चढायो 
देशको नाममा उस्ले भाई चढायो ||

फेदबाट काट्ने सुर गरेरै होला 
उ तलै बसी रुख मलाई चढायो ||

जनजातीलाई टिकट दिने भन्दै 
अरु छोडेर नै दमाई चढायो ||

हाम्रो अस्तित्व मेटिदै जान्छ भनि
हिन्दु बिरुद्द नै इसाई चढायो ||

कम्युनिष्ट हुँ , भन्थ्यो राष्ट्र बेच्दिन
भारत सामु नै उ तराई चढायो ||

© रबिन शर्मा चापागाईं
जहदा - नवलपरासी
२०७०/०६/२१

0 comments:

Post a Comment